५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

प्रहरीले बौद्धमा गोली चलायो



काठमाडौं । हतियारसहित लुटपाट गर्न आउने एक जनामाथि प्रहरीले गोली चलाएको छ।बौद्धको जगडोलमा हतियारसहित लुटपाट गर्न आउनेमाथि प्रहरीले बिहीबार दिउँसो गोली प्रहार गरेको छ ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न प्रयास गरेपछि उनीमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ।प्रहरी स्रोतका अनुसार उनको खुट्टामा गोली लागेको छ। अझै सम्म उनको नाम भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.