सिन्धुपाल्चोक । युने छ्योलिङ गुम्बा पुर्ण निर्माण समितिका अध्यक्ष भयो कान्छा शेर्पा माथि निराधार आरोप लगाएको छ । उनलाई पूर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाले निराधार आरोप लगाएका हुन् ।
सिदुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ दुरुमथलीमा रहेको गुम्बामा राजनितिक शक्तिको आडमा आएर प्रदर्शन भईरहेको हो । बि.सं २०७५ सालदेखि निर्माण सुरु भएको गुम्बा पुर्ण निर्माण समितिका अध्यक्ष भयो कान्छा शेर्पा हुन् । उनी गुम्बा पुर्ण निर्माण समितिका अध्यक्ष हुदा आठ लाख रुपैयाँ गुम्बा निर्माणका लागि सहयोग जुटाएका थिए । अहिले उनकै आग्रहमा पुर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाले शेर्पाको चरित्र हत्या गर्दै सामाजिक संजाल मार्फत शेर्पा माथी निराधार आरोप लगाईरहेका छन् ।
गुम्बा र चैत्य अथवा मन्दिर मस्जिद र चर्च भन्ने बित्तिकै मानिसको मनमा पबित्रताको भाब उत्पन्न हुने गर्छ । तर सिन्धुपाल्चोकमा भने उल्टो भएको छ । पबित्र उदेश्यका साथ निर्माण गर्न लागिएको गुम्बामा अनावश्यक राजनिति घुसाई गुम्बा निर्माणको लागि पहिलो कदम चाल्ने भयो कान्छा शेर्पा माथि नै पुर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाले धावा बोलेका हुन् ।
पूर्व कार्यबाहक अध्यक्ष शेर्पाले सबै थोक मै हुँ भनि गुम्बाको पिलर थप्नेलाई जेल हाल्छु भन्दै काममा अवरोध गरि गाउँलेहरुलाई समेत भड्काई बाधा ब्यवधान सिर्जना गरेपछि पुलिस प्रशासनले निज शेर्पाको बारेमा बिस्तृत बुझ्दा निज शेर्पा कार्यसमितिमै नरहेको ब्यक्ति आई विवाद गरि गुम्बा उसको एकलौटी घरजस्तो ठानी भयो कान्छा शेर्पालाई तथानाम गालीगलौज समेत गरेका थिए ।
उनले सामाजिक संजाल तथा केहि सञ्चार माध्यम युट्युबहरु समेत प्रयोग गरेर भयो कान्छा शेर्पाको चरित्र हत्या गरिरहेको पिडित शेर्पाले गुनासो गरेका छन् । आफु सर्वस्व आफू नै अपरिहार्य ठान्ने शेर्पा गुम्बा जस्तो धार्मिक स्थलमा विकृत फैलाउदै भन्ने शिर्षकमा युवा डेल्ली नाम गरेको ठेगाना समेत नखुलेको आनलाईन न्युज पोर्टलमार्फत प्रकाशन भएको समाचारले भयो शेर्पा माथि आधारहिन, तथ्यहीन र प्रमाणहीन बिभिन्न आरोपहरु लगाएको अध्यक्ष भयो कान्छा शेर्पाले बताएका छन् ।