काठमाडौँ । माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा मुद्दा दर्ता भएको छ । महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको हो ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, बेल्जियन नागरिक दावा छिरिङ ,लोकेन्द्रकुमार पौडेलर निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरेको छ ।