ओखलढुंगा । सार्वजनिक सवारीसाधनमा महिलाहरु माथि हुने यौनजन्य हिंसा रोक्न ओखलढुंगा प्रहरीले ‘सेफ्टी पिन’ अभियान सुरु गरेको छ । सोमबारदेखि विभिन्न सचेतनामुलक कार्यक्रम गरि अभियानको सुरुवात गरेको हो ।
सवारीसाधनमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा नपरुन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गरेको छ ।
प्रहरी सहायक निरीक्षक चम्पा भुजेलको कमाण्डमा खटिएको प्रहरी टोलीले सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा सार्वजनिक यातायातका यात्रु तथा चालक, सहचालकहरुलाई जनचेतनामुलक कार्यक्रम गरेको हो ।
कार्यक्रममा ३५ जना भन्दा बढी यात्रु तथा आम नागरिक सहभागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।