५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

काठमाडौँ महानगरपालिकाद्वारा सडकमा छोडिएका कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा छोडिएका कुकुरलाई मंगलबारदेखि बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको छ । महानगरले मंगलबार एकै साथ ९ वटा वडाबाट बन्ध्याकरण र खोपका कार्यक्रम सञ्चालन सुरु गरेका हो ।

पशु कल्याण र पशु अधिकारका लागि महानगर सचेत रहेकाले बताउँदै आउँदो ३ महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजार कुकुरलाई रेबिज विरुद्धको खोप दिने महानगरका मेयर शाहले बताएका छन् ।

मेयर शाहका अनुसार ९ वडा हुँदै ३२ वडासम्म अभियान चलाउने योजना छ । काठमाण्डौ महानगरपालिकाले २०८० सालमा कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.