४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सोलुखुम्बुको पत्तालेमा व्यवसायिक स्याउ खेतीबाट यस बर्ष २५ टन स्याउ उत्पादन ।



सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेमा व्यवसायिक स्याउ उत्पादन सुरु भएको छ । एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.ली मार्फत करिव २५ टन स्याउ उत्पादन भएको हो ।

कोशी प्रदेशका पुर्व मन्त्री अम्बिरबाबु गुरुङको अगुवाईमा डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्र बहादुर कार्कीको करिब छ करोड लगानीमा १ सय ६५ रोपनी क्षेत्रफलमा तीन वर्ष अघि स्याउ खेती सुरु गरिएको थियो ।

एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.ली मार्फत यस वर्ष करिब २५ टन स्याउ उत्पादन भएको बताईएको छ । कम्पनीको नाममा रहेको ३६ रोपनी र १ सय २९ रोपनी जग्गा भाडामा लिएर १९ हजार पाँच सय बोट स्याउ रोपिएको छ ।

इटालीबाट ल्याइएका फुजी, गाला, किंस रोड, रेड डेलिसस जातका स्याउको खेती गरिएको फर्म सञ्चालक मध्यका अम्बिरबाबु गुरुङले बताएका छन् । यस वर्ष ३५ प्रतिशत मात्र स्याउ फलाईएको गुरुङको भनाई छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.