५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

सुदूरपश्चिम अधिवेशन महासचिव पोख्रेललाई जिम्मा दिएर काठमाडौं फर्किए ओली



धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरूले सहमतिको प्रयास थालेका छन् ।

ओली भने शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका हुन् ।पोखरेलले ओली फर्किएपछि सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल भने गरिरहेका छन् ।

 

अध्यक्षमा आकांक्षा राखेका कृष्णप्रसाद जैशी , कमल तिमिल्सिना र वचनबहादुर सिंहलाई सँगै राखेरसमेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका छन् । आज बिहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने तय गरिएको थियो ।  सहमतिको प्रयासमा लागेपछि सुरु हुने अनिश्चित भएको छ ।

तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.