ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले मानेभञ्ज्याङ गाउँपालिकामा चाडवर्प लक्षित बजार अनुगमन गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा चाडपर्व लक्षित बजार अनुगमन गरेको हो ।
दसैँ,तिहार तथा छठ पर्व नजिकिदैँ गर्दा कालो बजारी तथा म्याद गुज्रिएको समाग्री बिक्रि गर्ने भएकाले उपभोक्ताको हितलाई मध्ये नजर राख्दै ५ वटा किराना पसल , २ होटल ब्यवसायको अनुगमन गरिएको थियो ।
यस्तै, ६ वटा ब्यवसायमा गरिएको अनुगमनमा कोक, डिउ पेयपदार्थ, मैदा, बिस्कुट, मिक्स, मसला, पास्तालगायतका खाद्य सामानहरु म्याद गुज्रेका भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय प्रमुख कृष्ण प्रसाद गौतमले बताएका छन् ।
गौतमका अनुसार होटलहरुमा सरसफाइमा कमी भएको, बिल विना सामाग्रीहरु बिक्री गर्ने गरेको र सुर्तीजन्य पदार्थ इजाजत नलिइ बिक्री गरेको पाइएको छ । म्याद गुज्रेका ३० हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ ।
मानेभन्ज्याङ गाउँपालिका, इलाका प्रहरी कार्यालय मानेभन्ज्याङ र घरेलु तथा साना उद्योग संयुक्त उपस्थितिमा बजार अनुगमन गरेको थियो ।