३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

दाङमा श्रीमतीको हत्यागरी श्रीमानले पनि गरे आत्महत्या



काठमाडौं । सल्यानका युवकले दाङमा श्रीमतीको हत्यागरी आफूले पनि आत्महत्या गरेका छन् ।

बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए प्रहरीले ढोका फोडेर हेर्दा सुशील पंखामा झुन्डेको पवित्रा खाटमा मृत अवस्थामा फेलापरेका हुन् ।
सल्यानको त्रिवेणी ४ फलाबाङ घर भई हाल तुलसीपुर ९ बेलुवामा डेरागरी बस्ने २५ वर्षिय सुशील भण्डारीले २२ वर्षिया श्रीमती पवित्रा डाँगीको हत्यागरी आफु पनि झुन्डिएर आत्महत्या गरेका हुन् ।

पोष्टमार्टमकालागि उनीहरूको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।सांकेतिक तस्बिर

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  २ : १५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.