३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

चाडपर्व नजिकिएसँगै खिजीदेम्बा गाउँपालिका सडक मर्मत तथा सरसफाइमा केन्द्रित हुँदै



दावा जाङ्बु शेर्पा, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले सडक मर्मत तथा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोे छ । वर्षातको समयमा सडक पुरिने, भत्किने तथा अवरुद्ध हुने समस्या अत्याधिक हुने भएपछि जेसिबी मेसिन तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ ।

चार्डपर्व लक्षित सुरक्षा , वस्तु तथा सेवाको आपूर्ति र सवारी आवागमनको सहज व्यवस्थापनको लागि पालिका भित्र संचालित कच्ची सडकको अवस्थाका बारेमा जानकारी लिन स्वयम गाउँपालिका अध्यक्ष लागि परेका छन् । चाडपर्व नजिकिदै गर्दा कुनै गुनासो नआउने गरि तत्काल सबै ग्रामीण सडक स्तरोन्नतिको लागि प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ ।

दशैँ , तिहारजस्ता चाडपर्वहरु नजिकिएसंगै यात्रु तथा सवारी आवागमनलाई सहज बनाउन सडकका खाल्डाखुल्डी वर्षाका कारण बिग्रेको सडक मर्मत गर्न दिन रात नभनी अध्यक्ष लागी परेका छन् ।

यस्तै, गाउँपालिकाले वडा नं.–६ भित्ते हुदै साँकामाडी, लाम्जे, बौद्ध, पोलथली,फेतालेसम्म सडक मर्मत गरिसकेको र भोलि शनिबार बन्चारे हुँदै वडा नं.–४ को सडक मर्मत गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ०२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.