काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएका छन् । असोज २६ गते आउने गुटेरस तीन दिन नेपालमा रहने छन् ।
गत भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका गएका वेला प्रचण्डले महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले मंगलबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपाल आउन लागेको जानकारी दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताएका छन् ।
गुटेरसको भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रियालगायत विविध विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।