सोलुखुम्बु । सोलुखुम्बुको तीन स्थानीय तहबाट २७ जना मोतिविन्दुका विरामी छनौट भएका छन् । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला, नेचासल्यान १ टुहुरे र थुलुङ दुधकोशी ८ रणेमबाट २७ जना बिरामी छनौट भएका हुन् ।
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा हिजो मंगलबार गरेको निःशुल्क मोतिविन्दु छनौट शिविर सञ्चालन गरेको थियो । जसमा तिङलाबाट १८ जना, टुहुरेबाट ५ जना र रणेमबाट ४ जना मोतिविन्दुका बिरामी छनौट भएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिएका छन् ।
उनका अनुसार तिङलाको शिविरमा १ सय ४२ जनाले सेवा लिए थिए । सेवा लिएका मध्ये २१ जनालाई सहुलियत दरमा चस्मा वितरण गरिएको छ । नेचासल्यान गाउँपालिका १ मा भएको शिविरमा १ सय ५४ जनाले सेवा लिएका मध्ये ५ जना शल्यक्रियाका लागि छनौट भएका छन् ।
यसैगरी, थुलुङ दुधकोशी गाउँपालिका ८ रणेममा ८२ जनाले सेवा लिएका थिए जसमा ४ जना छनौट भएका छन् । उक्त शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीहरुको आँखा असोज २८ र २९ गते फाप्लुमा सशुल्क अप्रेशन गरिने जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।