काठमाडौँ । बाँकेको नेपालगञ्जमा मंगलबारदेखि जारी कर्फ्यु आज पनि यथावत रहेको छ । दुई समुदायबीच तनाव बढेपछि मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन कर्फ्यु आदेश यथावत रहेको जानकारी गराएको हो ।
नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारणसहित २२ जना घाइते भएको र उपचारपछि २१ जना घर फर्किसकेको र १ जनाको भेरी अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्ने आग्रह गरेको छ ।
नेपालगञ्जको गरिमालाई कायम राख्न समस्त राजनीतिक दल,धार्मिक अगुवाहरू,नागरिक समाज,सञ्चारकर्मीलगायत आम नागरिकहरूले आ–आफ्नो क्षेत्रबाट शान्ति स्थापनामा योगदान पु¥याउन अनुरवध गरिएको छ ।