३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

कक्षा १२ को परिक्षा २०८१ सालको वैशाख दोस्रो सातबाट हुने



काठमाडौँ । कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले शैक्षिक सत्र २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ को परीक्षा बैशाख दोस्रो हप्ता र नतिजा साउनको तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ ।

कक्षा ११ को परीक्षा २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने बोर्डले जनाएको छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गते खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ।

२०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित, आंशिक र ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ ।

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने भनिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ०५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.