३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

एमालेको कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्बाचित



बिराटनगर।नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्।प्रतिष्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै ढकाल ३ बर्षका लागि एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा निर्बाचित भएका हुन्।
खतिवडाले ५१२ मत र ढकालले ४३० मत पाएका छन्। ३५ मत बदर भएको छ ।खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन् । ढकाल केन्द्रीय कमिटी सदस्य थिए ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।
उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.