काठमाडौँ । आज सोमबारदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन सकेनन् ।
मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा जान नसकेका हुन् ।
ओली नगएपछि महासचिव शंकर पोखरेलले अधिवेशनको सम्बोधन गरेका थिए । पोखरा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म गए पनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएको पोखरेलले बताएका छन् ।
अध्यक्ष तथा महासचिवसहितलाई कुरेर कार्यक्रम निर्धारित समयभन्दा १ घन्टा ढिलो सुरु भएको थियो ।