३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

गौशालामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार, घटनास्थलमा पेस्तोल भेटियो



काठमाडौं ।एकजनामाथि काठमाडौंको गौशालामा आक्रमण भएको छ।

हुसेनमाथि आज बिहान ११ : ५५ बजेतिर आक्रमण भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। बारा कलैया नगरपालिकाका- २१ घर भइ हाल कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेन माथि काठमाडौंको तिलगंगा नजिकै आक्रमण भएको हो। घटनास्थलबाट पेस्तोल भेटिएको प्रहरीले जनाएको छ।

हुसेनको उनको तीघ्रा र ढाडमा धारिलो हतियार प्रहार भएको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।’अहिले घाइते हुसेनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

आक्रमण गर्ने व्यक्ति भने फरार रहेकाले प्रहरीले खोजि तिब्र रुपमा गरिरहेको छ।

सांकेतिक तस्बिर
तसबीर सामाजिक संजाल

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १ : ३५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.