३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

ओखलढुङ्गा–काठमाण्डौं तामाङ सेवा समाजको १८औं वार्षिक साधारण सभा सम्पन्न



ओखलढुङ्गा । ओखलढुङ्गा–काठमाण्डौं तामाङ्ग सेवा समाजले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा समितिले आफ्नो समुदायबाट यो वर्ष एसइइमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ ।

स्वर्गिय विमला तामाङ्ग स्व.वीरध्वज तामाङ्ग, स्व.फुलमाया तामाङ्ग, स्व.कर्ण बहादुर तामाङ्ग, स्व.मेघ बहादुर तामाङ्ग तथा स्व.नैनसिंह तामाङ्ग शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

समाजमा तामाङ्ग समुदायको उन्नति प्रगतिका लागी गठन भएको समितिले विभिन्न सामाजिक गतिविधि गरिरहेको अध्यक्ष दिर्गमान तामाङले बताएका छन् । कार्यक्रममा समितिका उपाध्यक्ष मन कुमार तामाङ्गले ओखलढुङगाको सुनकोशी गाउँपालिका–५ मा हातले कुदिएर निर्माण गर्दै गरेको बुद्धको मुर्तिको समेत चर्चा भएको थियो ।

यसैगरी,प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उप मेयर साननानी तामाङ्ग र विशेष अतिथि खिजिदेम्वा गाउँपालिका ओखलढुङगाका अध्यक्ष गम्बु शेर्पा लगायतले तामाङ् समुदायको भावी पुस्ताका बारेमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष दिर्गमान तामाङ्ग, उपाध्यक्षद्धय तोप बहादुर तामाङ्ग, मन कुमार तामाङ्ग, सचिव कुमार बहादुर तामाङ्ग र सहसचिव सुभास तामाङ्ग लगायतले आगामी योजनाको बारेमा प्रकास पारेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.