तस्विर : सामाजिक सञ्जाल
ओखलढुंगा । जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । शनिबार राती शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा उनको निधन भएको हो । ७३ बर्षिय खनाल लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए ।
खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समिती ओखलढंगाको प्रमुख बनेका थिए । उनी नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंको पुर्व कोषाध्यक्ष, उपाध्यक्ष साथै महासमिती सदस्यसमेत भएका थिए ।
खनालको परिवारमा दुई छोरा र दुई छोरी छन् । आज आईतबार पशुपती आर्य घाटमा खनाललको अन्त्यष्टि गरिएको छ ।