३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नेकपा एमाले कोशीको प्रदेशको अध्यक्षका लागि बिनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धामा



विराटनगर।नेकपा एमाले कोशीको प्रदेशको नयाँ नेतृत्वका लागि आज निर्बाचन हुने भएको छ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि नेतृत्व चयनका लागि आईतवार मतदान गर्ने गरी शनिबार निर्बाचन समितिले कार्यतालिका सार्बजनिक गरेको थियो।विराटनगरमा शुक्रवारदेखि जारी नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि मोरङ नेताद्वय बिनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धामा छन्।

अध्यक्षका प्रत्याशी खतिवडाले आफ्नो प्यानलमा उपाध्यक्ष टीका चेम्जोङ, सचिवमा राजकुमार भण्डारी तथा उपसचिवमा देउमान राई र जल वर्षा राजवंशीलाई समावेश गरेका छन् । यस्तै विनोद ढकालपक्षले पनि उपाध्यक्षमा चेम्जोङलाई नै राखेका छन् भने सचिवमा शैलेश लामा तथा उपसचिवमा भविश्वर गुरुङ र खेम नेपालीलाई राखेर प्रचार गरिरहेका छन् ।

दुई वटै प्यानलमा परेपछि उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ निर्बिरोध भएका छन्। चेम्जोङ बर्तमान कमिटीका पनि उपाध्यक्ष हुन ।उता, प्रदेश कमिटीको सदस्यमा इलाम जिल्लाबाट १५ जना निर्विरोध निर्वाचित भएका छन् । इलामबाट खुल्लातर्फ १० र ५ महिला गरी १५ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नुपर्ने ब्यबस्था छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ३२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.