काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।केसीलाई अपराधिक छलकपट गरेकाे आरोपमा भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेकाे स्रोतले बतायो ।
फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो ।थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।