३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । भन्सार ऐन अन्तर्गतको कसुर र संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा विगु गाउँपालिका १ का १९ वर्षीय राज तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन्।

तामाङलाई प्रहरीले हिजो बिहीबार काठमाडौंको वनस्थलीबाट दुई थान मोबाइलसहित नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.