३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

चार वर्षको अवधिमा सगरमाथासहितका १० हिमालबाट १ सय ८ टन फोहोर सङ्कलन



काठमाडौँ ।  नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो ।

विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ आज आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे प्रस्तुतीकरण गर्दै नेपाली सेनाको हिमाल सरसफाइ अभियानका निर्देशकसमेत रहेका सहायक रथी सुन्दरकुमार पाण्डेले सगरमाथासहितका १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जानकारी दिएका छन् ।

‘भावी पुस्ताका लागि हिमाल सफा राखौँ’ भन्ने मूल नारासहित सुरु भएको हिमाल सफाइ अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने उनले बताएका छन् । उनले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुले गरेको सहयोगको प्रशंसा गरेका छन् । उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाइ अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ ।

विसं २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेको थिएन । सन् २०२१, २०२२, २०२३ मा हिमाल बचाउ नारासहित नेपाल सरकारले आठ लाख ३० हजार बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.