७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको बार्षिक कार्यक्रम सार्वजनिक



सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले साडे १ करोड बढीको बार्षिक स्विकृत कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले आज शुक्रबार एक कार्यक्रम गरि चालु आर्थिक बर्ष २०८०/८१ को लागि १ करोड ६१ लाख ३७ हजार बराबरको कार्यक्रम सार्वजनिक गरेको हो ।

केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवाले प्रस्तुत गरेको कार्यक्रममा सबै भन्दा बढी बजेट मुख्य लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रममा ४० लाख विनियोजन भएको बताइएको छ । मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रमका लागि १५ लाख रुपैयाँ रहेको छ ।

यस्तै,अन्य २६ वटा कार्यक्रमहरु स्वीकृत भएको कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष २०७९÷८० मा साडे १ करोड बढिकोे कार्यक्रम स्विकृत भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : १६ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.