सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ वाकुबाट ११ जना मोतिबिन्दुका बिरामी छनौट गरिएको छ । तिलगँगा आँखा प्रतिष्ठान र जिल्ला आँखा केन्द्रको संयुक्त आयोजनामा आज सम्पन्न शिविरमा ३ सय जनाको आँखा परिक्षण गरिएको थियो ।
जसमध्ये मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने ११ जनालाई छनौट गरिएको सामुदायिक आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले जानकारी दिएका छन् । केन्द्रले जिल्लाका ७ वटा पालिकामा मोतिबिन्दुका बिरामीको छनौट शिविर सञ्चालन गरेको छ ।
शिविरबाट छानिएका मोतिविन्दुका बिरामीको उपचार असोज २८ र २९ गते फाप्लुमा हुने मोतिविन्दु शल्यक्रिया शिविरमा हुने भएको छ ।