सिन्धुली। सिन्धुलीबाट मधेस प्रदेश ०४–००१ झ ००६२ नम्बरको विद्युतीय गाडी राहत शिक्षकको आन्दोलनमा काठ्माण्डौ जादै गरेको अवस्थामा सुनकोशी गाउँपालिका ३, बोहोरेटारमा दुर्घटना हुँदा १० जना शिक्षक घाइते भएका छन् ।
उपचारको लागि घाईतेलाइ धुलिखेल अस्पताल पठाईएको छ । ईलेक्ट्रिक गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदा १० जना शिक्षक घाईते भएका च्छन । हाल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक दाहालले जनकारी दिनुभयो ।
दुर्घटनामा परि काभ्रे जिल्ला बनेपा न.पा. १० बस्ने ४० वर्षीया गार्की बस्नेत /कमलामाई नगरपालिका ६ बस्ने ४६ वर्षीय निर कुमार चालिसे / कमलामाई न.पा.५ बस्ने ४६ वर्षीया कमला घिमिरे / कमलामाई.न.पा. ४ बस्ने ४० बर्षीया बबिता देवकोटा / कमलामाई न.पा. ६ बस्ने ४६ वर्षीय बिष्णु ढकाल/ तिनपाटन गा.पा. १० बस्ने ४० वर्षीय राजन कार्की/कमलामाई.न.पा. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा / कमलामाई.न.पा. १ बस्ने ४१ वर्षीय भुवन थापा / विष्णु ढकालका छोरा ११ वर्षीय निश्चल ढकाल अबस्था मध्यम र कमलामाई न.पा. ६ बस्ने ४० वर्षीय सरोज थापा अबस्था सामान्य रहेको प्रहरी प्रहरीले जनाएको छ ।
तस्बिर -सामाजिक संजाल