३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण : रास्वपा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा धार्मिक, जातीय र साम्प्रदायिक आधारमा सामाजिक सम्बन्धमा खलल पु¥याउन केही स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

आज बिहीवार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रणमा लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा धार्मिक, जातीय वा सम्प्रदायका आधारमा सामाजिक सम्बन्धमा खलल पु¥याउन केही स्वार्थ समूह सक्रिय रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ३ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.