३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । बुधबार अपरान्ह पार्टी कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतले जनाएको छ ।

निर्वाचनका लागि विद्युतीय मेसिनको व्यवस्था गरिएको जनाइएको छ । चुनाव भोलि बिहीबार हुने छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : ०६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.