३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

राहत शिक्षकहरूको आन्दोलन निरन्तर जारी



काठमाडौँ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन्। सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन्।

नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघ संयुक्त रुपमा आन्दोलन गर्दै आफ्ना मागका बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरूको भनाइ छ। बुधबार काठमाडौंको बिजुलीबजारको सडकबीच मै धर्नामा बसेका राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा केहिबेर प्रहरीसंग घम्साघम्सी समेत भएको थियो। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले जनाएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.