३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सोलुखुम्बुको ४ स्थानीय तहमा कोरोना विरुद्धको खोप दिइने



सोलुखुम्बु । सोलुखुम्बुको ४ वटा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, नेचासल्यान गाउँपालिका र थुलुङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको हो ।

जिल्लाको सोताङ गाउँपालिका लागी १२ सय, नेचासल्यान, महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकामा ३५÷३५ सय डोज खोप पठाएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम नारारण शाहले जानकारी दिएका छन् ।

पालीकामा खोप अभियान यहि १२ गतेबाट सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ३७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.