५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

सोलखुम्बुको पर्यटकिय क्षेत्र लुक्ला बजार अनुगमन, डेढ लाख बराबरको अखाद्य बस्तु जफत



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ लुक्ला बजार अनुगमन गरिएको छ । पर्यटकहरुको बढ्दो आवागमन तथा चार्डपर्व नजिकिएसँगै सिमा प्रशासन कार्यालयका प्रमुख सुजना बर्देवाको संयोजकत्वमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा १ लाख ७७ हजार १ सय १५ रुपैयाँ मुल्य बराबरको अखाद्य बस्तु जफत गरिएको छ । यस्तै, ३१ वटा होटल तथा लज दर्ता नबिकरण नभएको भेटिएको बताइएको छ । सामग्रीहरुको मुल्य सुचि अनुसार बिक्री वितरण नभएको, पर्यटकहरुको अभिलेखसमेत नभएको पाइएको अनुगमन समितिका संयोजक बर्देवाले बताएकी छिन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.