३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सोलुखुम्बुको महाकुलुङमा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ हलुमुमा भालुको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । भालुको आक्रमणबाट ५६ वर्षीय जस कुमार राईको मृत्यु भएको हो ।

मंगलबार बिहान करिव साडे ९ बजे मकैबारी हेर्न जाने क्रममा राईलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी अनिल मिश्रले जानकारी दिएका छन् । भालुको आक्रमणबाट गम्भीर घाइते भएका राईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै,उक्त क्षेत्रमा गत हप्ता मात्रै भालुको आक्रमणमा परी पेम्बा वाङ्छु शेर्पाको ज्यान गएको थियो । यो समय मकै पाक्ने सिजन भएकाले बारीमा लगाएको मकै खानका लागि भालु गाउँमा आउने गर्दछ । सोलुखुम्बुमा यस भन्दा अगाडी पनि भालुको आक्रमणमा परि धेरैले ज्यान गुमाईसकेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.