३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे



काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छोङ्छिङ्बाट ल्हासामा पुगेका छन् ।

आज बुधबार सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण भएका हुन् । । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकी सहित भव्य स्वागत गरिएको छ ।

कार्यक्रमको सुची अनुसार आज साँझ प्रम प्रचण्डसङ चीनिया कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् ।
सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नुहुने छ ।

चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गरेका हुन् । तिब्बतमा रहदा प्रम प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : ४४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.