३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ



ओखलढुंगा।जबर्जस्ती करणीको आरोप लागेपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भएका एक वडाध्यक्षलाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ।

२५ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोप लागेका
सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमलालाई प्रहरीले मंगलबार सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरेको हो।धमलाबिरुद्द जिल्ला अदालत ओखलढुंगाले आईतबार पक्राउ पुर्जी जारी गरेको थियो।उनीविरुद्ध असोज ५ गते ती युबतीले प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेकी छन्।

पक्राउ परेका धमलालाई सातदिन हिरासतमा राखेर अनुसन्धान गर्न ओखलढुङ्गा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

जिम्मेवारीमा रहँदै जनप्रतिनिधि यौनजन्य अपराधको कसुर लागेको ओखलढुंगामा यो दोस्रो घटना हो। अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई बलात्कार मुद्दा लागेको थियो। उनी अहिले जेलमै छन्।

धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दावी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानूनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए।

 

 

 

 

 

 

 

 

सांकेतिक तस्बिर

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.