सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा दैनिक उपभोग्य खाद्यन्न सामग्रीको मूल्य सूची कायम गरिएको छ । गाउँपालिका उपाध्यक्ष विना राईको अध्यक्षतामा बजार व्यवस्थापन समितिको बैठक बसि दैनिक उपभोग्य सामग्रीको मूल्य सूची कायम गरेको हो ।
चाडपर्व नजिकिएसँगै बजारमा खाद्य वस्तुको मूल्य वृद्धि भइरहेको समयमा उद्योग बाणिज्य संघबाट पेश भएका दैनिक उपभोग्य सामग्रीको दर रेटमा नबढ्ने गरि मूल्य सूची कायम गरेको गाउँपालिकाले जनाएको छ ।
वजार अनुगमन व्यवस्थापन समितिले निर्णय गरे अनुसारका सामग्रीमा मूल्य वृद्धि गरि विक्री वितरण गरेको पाइएमा उद्योग बाणिज्य संघ नेचासल्यान गाउँपालिका स्तरीय वजार अनुगमन व्यवस्थापन समितिले कारबाही गर्ने बताइएको छ ।
चाडपर्वको समयमा आवश्यकता अनुसार बजार अनुगमन गरिने समितिले जनाएको छ ।
दैनिक उपभोग्य सामग्रीको मूल्य सूची