काठमाडौँ । फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाइरहेका अभियन्ता ’ई’ लाई काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले भेट गरेका छन् । उपमेयर डङ्गोलले राष्ट्रिय सभागृहको गेटमा अभियन्ता ’ई’ लाई आज मंगलबार भेटेका हुन् ।
भेटमा उनले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताएको ’ई’ ले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
’ई’ ले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् , स् ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’ अभियन्ता ई एक हप्तादेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । काठमाण्डौ महानगरले सडक पेटीमा व्यापार निषेध गरेको छ ।