काठमाडौँ । दशैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकिएसँगै बजारमा महँगी बढेको छ । व्यापारीले आफूखुशी खाद्यवस्तुको मूल्य निर्धारण गरेर बिक्री गरिरहेका उपभोक्ताको गुनासो छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले बजारमा खासै महँगी नबढेको देखाए पनि चाडपर्व नजिकिएपछि मूल्यवृद्धि गर्ने प्रवृत्ति यसबर्ष पनि दोहोरिएको छ । अहिले खासगरी चिनी र दलहनको मूल्य महँगीएको छ ।
बजारमा अहिले चिनी किलोको मूल्य पसलै पिच्छे फरक–फरक रहेको छ । केही समय अघिसम्म किलोको एक सय रुपैयाँ रहेको चिनीको मूल्य अहिले एक सय ३० देखि एक सय ५० रुपैयाँसम्म पुगेको छ ।
खुद्रा व्यापारीले थोकमै महँगो परेको बताएकाले अहिलेको अनुगमन थोक र उद्योग केन्द्रित गरि अनुगमन विशेष टोलीले कालोबजारी र कृत्रिम अभाव गर्नेको सूक्ष्म अनुगमन र पहिचान गरिरहेको बताइएको छ । अबको एक हप्ताभित्रै भाउ बढ्नुको कारणबारे प्रतिवेदन तयार हुने र कालोबजारी र कृत्रिम अभाव गर्ने/गराउनेलाई कारबाही हुने विभागले जनाएको छ ।