३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

पार्टी बैठक लाइभ गर्न भएन-नेता भण्डारी



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले भने, ‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा हैइन । यो बैठक त रावणको नाविमा भएको अमृत जस्तै हो ।’

उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरु यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे ।

हरेक कुराको नेतृत्व कांग्रेसको वरीपरी घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.