सोलुखुम्बु। सोलुखुम्बुमा एक महिने बेकरी तालिम सुरु भएको छ । महिला उद्यमी संघ नेपाल सोलुखुम्बुको आयोजनामा उक्त तालिम सुरु भएको आयोजक संस्थाका अध्यक्ष सारदा माया तामाङले जानकारी दिनुभयो ।
दश दिन प्रयोगात्मक र सैद्धान्तिक दुबै कक्षा सञ्चालन हुने २० दिन प्रयोगात्मक मात्रै कक्षा सञ्चालन हुने बताइएको छ । तालिममा जिल्ला भित्रका ३० जना महिलाहरुको सहभागीता रहेको छ । उक्त तालिममा स्थानीय उत्पादन (कोदो तथा फापरको पिठो, आटा) लगायतको केक, दुनोट लगायत ७ भन्दा बढी परिकार बनाउने सीप सिकाइने छ ।
अध्यक्ष तामाङका अनुसार तालिम सञ्चालनका लागि आइएलओको आर्थिक सहयोग रहेको छ । महिलाहरुलाई उद्यमी बनाई अर्थीक विकासमा सहभागी बनाउने कार्यक्रम अन्तरगत तालिम आयोजना गरिएको उहाँको भनाई छ ।वर्तमान अवस्थामा समेत महिलाले उद्यम गर्ने भएतापनि आर्थिक स्वामित्त भने पुरुषमा सिमित हुनेगरेको भन्दै अध्यक्ष तामाङले यस्ता परिपाटीको अन्त्य गर्नको लागि महिला लक्षित कार्यक्रममा जोड दिइएको बताउँनुभयो ।
महिलाहरु आर्थिकरुपमा कम्जोर हुँदा हरेक क्षेत्रमा उनीहरुको उपस्थिति प्रभावकारी नहुने र राज्यले दिएको अधिकार सदुपयोगमा समेत औपचारीकतामा सिमित हुनेगरेको संस्थाका अध्यक्ष सारदामाया तामाङले बताउँनुभयो ।