३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

ओखलढुंगाको सुनकोशी गाउँपालिका १० का वडाअध्यक्षविरुद्ध जबरजस्ती करणीको आरोप, अदालतबाट प्रक्राउ गर्ने आदेश



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका १० का वडा अध्यक्ष छविरमण धमलालाई जबरजस्ती करणीको आरोप लागेको छ । वडाअध्यक्ष धमलाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै २५ वर्षीया युवतीले असोज ५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा मुद्वा दर्ता गरेकी थिइन् ।

प्रहरीमा मुद्वा दर्ता भएपछि अदालतले वडा अध्यक्षमाथि पक्राउ पुर्जी जारी गरेको छ । महिलाको उजुरीको आधारमा आज आइतबार ओखलढुंगा जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने आदेश भएको प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन् ।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले धमलालाई गिरफ्तार गर्ने तयारी भईरहेको ओखलढुंगा प्रहरीले जनाएको छ । तर अहिले उनी सम्पर्क विहीन भएको बताइएको छ । धमला गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ५ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.