१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

शरद ऋतुको पर्यटन सिजन सुरु, सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा वृद्धि



सोलुखुम्बु । शरद ऋतुको पर्यटन सिजन सुरु भएसंगै सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । शरद ऋतुको पर्यटन सिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्न जाने पर्यटकको संख्या उत्साहजनक रुपमा वृद्धि भएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार साउन महिनामा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले सगरमाथा क्षेत्र भ्रमणका लागि भ्रमण अनुमति लिएको निकुञ्जले जनाएको छ ।

भदौमा भ्रमण अनुमति लिनेमा १ हजार १ सय ५४ जना विदेशी र १ सय ७० जना नेपाली रहेका छन् । यसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीलाई प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँप्रति व्यक्ति राजश्वस्वरुप शुल्क लिने गरेको छ ।

खुम्बुमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : २९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.