३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन- प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताएका छन् । आइतबार केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा उनले सरकारलाई निर्देशित गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘सभापति ज्यूको नेतृत्वमा प्रधानमन्त्रीकोमा गएर यो काम गर भनेर भन्न सक्नुपर्छ । सरकारलाई निर्देशित गर्न सक्नुपर्छ । गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन ।’नेता पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले देशको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् ।

नेपा पौडेलले भने, ‘एक बोरा चामलको मूल्य तीन सयसम्म बढेको छ । बैठकले नर्णिय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्न सक्नुप¥यो ।’देशको आर्थिक संकटले  सबै पलायन हुने अवस्था आएको भन्दै उनले सरकारमा बसेर पार्टीलाई लोकप्रिय बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १ : ०७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.