सोलुुखुम्बु । लिखुपिके गाउँपालिकामा आँखा परिक्षण तथा छनौट शिविरमा १ सय ४४ जनाको आँखा परिक्षण गरिएको छ । शुक्रबार भएको परिक्षण शिविरमा १ सय ४४ जनाको आँखा परिक्षण गरिएको हो ।
तिलगँगा आँखा प्रतिष्ठान र जिल्ला आँखा केन्द्रको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा १ सय ४४ जनाको आँखा परिक्षण गरेको मध्ये १० जनाको मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने विरामीको छनौट गरिएको सामुदायिक आँखा केन्द्रका आँखा कार्याकता दिनेश राईले जानकारी दिएका छन् ।
केन्द्रले जिल्लाका ७ वटा स्थानीय तहमा मोतिबिन्दु बिरामीको छनौट शिबिर सञ्चालन गरेको छ । शिविरबाट छानिएका मोतिविन्दुका बिरामीहरुको लागि असोज २८ र २९ गते फाप्लुमा मोतिविन्दु शल्यक्रिया शिबिर हुने जनाएको छ ।