तस्विर : साभार
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा बजार अनुगमन गरिएको छ । पर्यटन सिजन सुरु भएसँगै नाम्चेमा बजार अनुगमन गरिएको हो ।
शुक्रबार सिमा प्रशासन कार्यालय सोलुखुम्बुले अनुगमन गर्दा ५४ हजार भन्दा बढीको अखाद्य सामाग्री जफत गरेको छ । बजार क्षेत्रमा गरिएको अनुगमनमा ५४ हजार ८ सय रुपैयाँ बराबरको म्याद गुज्रिएका खाद्य बस्तुहरुको जफत गरि नष्ट गरिएको सीमा प्रशासन कार्यालय नाम्चेले जनाएको छ ।
पर्यटन सिजन सुरु भएसंगै पर्यटकको चाप बढ्ने क्रम रहेको र चाडपर्व नजिकिएकाले सुजना कुमारी बर्देवाको संयोजकत्वमा संयुक्त बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा अधिकांश पसलहरुको नवीकरण नभएको र मूल्य सूचीसमेत राखेको नपाइएकाले कानुन बमोजिम नवीकरण गर्न र मूल्य सूची राख्नका लागि आवश्यक निर्देशन दिएको कार्यालयले जनाएको छ ।
यस्तै बजार क्षेत्रको नापतौल गर्ने ढक तराजु र मूल्य सूचीसमेतको अनुगमन गरिएको छ ।