३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नेकपा एमालेको कोशी प्रदेश अधिवेशनका लागि सोलुखुम्बुबाट प्रतिनिधि  छनौट । को-को छनौट भए ?



सोलुखुम्बु । नेकपा एमालेको कोशी प्रदेश अधिबेशनका लागि सोलुखुम्बुका आठवटै पालिका कमिटीले शुक्रबार प्रतिनिधि चयन गरिएको छ ।
यही असोज १२ र १३ गते बिराटनगरमा हुने प्रदेश कमिटी अधिबेशनका लागि जिल्लाबाट कुल १६ जना प्रतिनिधि छनौट भएको नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिएका छन्।
पालिका कमिटी ,उत्पीडित क्षेत्र र मजदुर क्षेत्रबाट सर्वसम्मत सिफारिस प्रदेश अधिवेशन प्रतिनिधिहरुमा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी,राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा,पूर्ब प्रदेशसभा सदस्य तथा कोशी प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेत,प्रदेश कमिटी सचिवालय सदस्य महेश किरातीसंगै सदस्यहरु सुर्यकुमारी सुनुवार,डि.बि.रानापाल,कुमार राइ छन् ।
यसैगरी, जिल्ला कमिटी उपाध्यक्ष हर्कबहादुर राइ,जिल्ला कमिटी लेखा समिति संयोजक रामकाजी श्रेष्ठ,माप्यदुधकोशी गाउँपालिका अध्यक्ष समेत रहेका जिल्ला कमिटी सचिवालय सदस्य बुद्धिकिरण राइ पनि सर्बसम्मत सिफारिस भएका छन् ।
यस्तै, कल्पना राई ,चरित्रबहादुर भुजेल ,टसिल्हामु शेर्पा,भक्त राइ, साबित्रा भट्टराई र पार्वती राइ पनि प्रदेश अधिबेशन प्रतिनिधिमा सिफारिस भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १० : १४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.