३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सरकार र आन्दोलरत शिक्षक महासंघबीच सहमति, आन्दोलन फिर्ता



काठमाण्डौँ । सरकार र आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने बताइएको छ ।

शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

वार्तापछि सरकारका प्रवक्ता रेखा शर्माले संसद्को सर्वोच्चतालाई ख्याल गर्दै यसलाई परिमार्जन र समृद्ध बनाएर लैजाने जानकारी दिइन् । उनले शिक्षकहरुले उठाएका मागबारे सकारात्मक रहेको जानकारी दिइन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ५७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.