सोलुखुम्बु । विश्वको मुख्य पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यववसायीहरु उत्साहित बन्न थालेका छन् । असोज लागेसँगै खुम्बुमा पर्यटकको आगमन हुन थाले पछि पर्यटन व्यवसायीहरु उत्साहित भएका हुन् ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको चाप बढ्न थालेको त्यहाका स्थनीयहरु ब्ताउछन् । विगतको बर्षहरुको तुलनामा यस बर्ष पर्यटकहरु बढ्न थालेकाले व्यवसायीहरु उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताएका छन् । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।
गत वर्ष मौसम प्रतिकुलताका कारण सिजनको सुरुमा पर्यटक आवागमन कम भएको भएपनि यस वर्ष मौसम अनुकल हुदा सिजनको सुरुवाती चरणबाटै पर्यटकको चहलपहल बढ्न थालेपछि आफुहरु खुसी भएको लुक्लाका अर्का व्यवसायी तेम्बा शेर्पाको भनाइ छ ।
सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्दा यसवर्ष दोब्बरले पर्यटन भित्रिने आशा व्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक २ सय देखि ३ जनाको हराहरीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ ।