३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

अनुदान लिएर व्यवसाय गर्दै आएका कृषकहरुको अनुगमन : कृषी ज्ञानकेन्द्र



सोलुखुम्बु । कृषि ज्ञान केन्द्रले अनुदान कृषकहरुको अनुगमन गर्न थालेको छ । जिल्लाको ८ वटै स्थानिय तहमा अनुदान लिएका व्यवसाय गर्दै आएका कृषकहरुको अनुगमन गर्न थालेको हो ।

सोलुखुम्बुमा आर्थिक बर्ष २०७५/०७६ मा ३७ जना कृषकहरुले अनुदान लिएका थिए । साना सिंचाई कार्यक्रमतर्फ २४ जना, आलु भण्डारण र स्टिक स्टोरतर्फ ५ जना, प्रधानमन्त्रि आधुनिकिकरण परियोजान तर्फ ८ जनाले अनुदान लिएका थिए ।
ज्ञान केन्द्रको तथ्याङक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा १ सय ८५ जना मध्ये कीबी खेति प्रवर्धन कार्यक्रम तर्फ ६ जना, नमुना कृषि फार्म स्थापनाका लागि ७ जना, व्यवसायिक फलफुल स्थापनाका लागि १० जना, युवा लक्षित च्याउँ, मह र तरकारी उत्पादन कार्यक्रमका लागि १२ जना रहेका छन् ।

यस्तै, कृषि यन्त्र उपकरण १ सय ४७ जना, अकबरे ब्लक खोसार्नी १ जना, तरकारी उत्पाद ब्लक १ जान र अलैचि उत्पादन ब्लक १ जनालाई अनुदान दिएको तथ्याङकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  २ : ५७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.