८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संविधान दिवसको अवसरमा कदै सजाय मिनाहका लागि  सिफारिस परेका मध्ये ३४ जनाको नामावली स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पत्रचार



काठमाण्डौ । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिसमा परेकाहरुको नामावली प्रति राष्ट्रपति कार्यालयले असहमति जनाएको छ ।

सिफारिसमा परेका माध्ये ३४ जनाको नामवालीमा असहमती जनाउदै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाएको हो । कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पत्रचार गरेको छ ।

राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको गृहमन्त्रालय स्रोतले जनाएको छ । फिर्ता गरिएको नामहरुमा अधिकांश ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेको बुझिएको छ ।
गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको भए पनि हिजो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सय ७० जनाको कैद मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  २ : १२ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.