५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

अपांगता भएका व्यक्तिका लागि विपदजन्य प्रकोप व्यवस्थापनमा सकारले राहत उपलब्ध गराउनु पर्ने 



काठमाण्डौं । अपांगता भएका व्यक्तिका लागि विपदजन्य प्रकोप व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

राष्ट्रिय बहिरा महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘अपाङ्गतामैत्री विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन आवश्यकता’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

अपांगता भएकालाई प्रकोप व्यवस्थापनको लागि सकारकारले नै छुट्टै नीति बनाउनुपर्ने भन्दै उनीहरूले तथ्यांक संकलन गरेर त्यसअनुसार राहत व्यवस्थापन तथा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

न्यूनतम पूर्वाधारको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै सहभागीले अपांगमैत्री शौचालय, अन्य पूर्वाधार समेत अपांगता भएकाका लागि व्यवस्थापन हुन नसकेको गुनासो गरेका थिए ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : २९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.